• एसएलसीको समयमा एक घण्टा लोडसेडिङ्ग घट्ने

    Reporter: Becoming Kishor
    Published: Sunday, March 27, 2016
    A- A+
    काठमाडौं, चैत १४ । एसएलसी परीक्षाको समयमा दैनिक एक घण्टा लोडसेडिङ्ग घट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङ्ग घटाउन लागेको जनाइएको छ ।

    अहिले सातामा ८४ घण्टा लोडसेडिङ भइरहेको छ । अब भने सातामा ७७ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

    दैनिकएक घण्टा लोडसेडिङ्ग घटाउन कुलेखानी आयोजनाको पानीलाई अधिकतम प्रयोग गर्ने प्राधिकरणले जनाएको छ । केही समयमा गर्मी बढेसँगै हिमालमा हिउँ पग्लिन थालेपछि नदीहरुको जलस्तरमा सुधार आउने अनि लोडसेडिङ्ग थप घट्ने अपेक्षा गरिएको छ ।

    Subjects:

  • No Comment to " एसएलसीको समयमा एक घण्टा लोडसेडिङ्ग घट्ने "